Skip to main content

Posts

Showing posts with the label स्वास्थ्य

रेशम चौधरी जेलबाट छिट्टै रिहा हुने प्रचण्डको भनाई कति सत्य ?

काठमाडौंः नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कैलालीबाट निर्वाचित सांसद रेशम चौधरी छ्टिटै जेलबाट बाहिर आउने बताउनु भएको छ । बुधवार टुँडीखेलमा आयोजित माघी कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले केही समय पछि रेशम चौधरी जेल मुक्त हुने दाबी गर्नु भएको हो । प्रचण्डको दाबीलाई विश्वास गर्ने हो भने, रेशम चौधरी आबद्ध पार्टी राजपा नेपाल र नेकपाबीच आन्तरिक रुपमा विशेष छलफल भई रहेको सजिलै बुझन सकिन्छ । यता, राजपा नेपालले पनि नेकपाका शिर्ष नेतासँग रेशम चौधरीको रिहाई र संविधान संशोधनको मागलाई शर्तको रुपमा अगाडि सारेका छन् । यस सन्दर्भमा अहिले आएको प्रचण्डको यो भनाईमा एक हदसम्म सत्यता रहेको अनुमान गर्न सकिन्छ । प्रचण्डले के भने ? सम्बोधनका क्रममा अध्यक्ष ‘प्रचण्ड’ले आफूलाई १७ हजार मानिस मारेको झूटो आरोप लगाइँदै आइएको बताए । माघी महोत्सवमा अध्यक्ष प्रचण्डले आफूमाथि बारम्बार लाग्दै आएको आरोपमा कुनै सत्यता नरहेको समेत बताए । उनले सत्य कुरा हिजोको सामन्ती राज्यसत्ताले १२ हजार मान्छे मारेको भन्दै द्वन्द्वका क्रममा ५ हजार मानिस मरेकोमा भने आफू जिम्मा लिन तयार रहेको बताए । राज्यले मारेका मानिसहरुको पनि आफ्...

प्रदेश २ सरकारको अर्काे मजाकः ५ बर्षमा आर्थिक बृद्धि ११ प्रतिशत पुरयाउने दाबी

जनकपुरधाम, २३ पुस ।  प्रदेश सरकारले ११ प्रतिशत आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य सहितको पहिलो पञ्चवर्षिय आवधिक योजनाको आधारपत्र बुधबार सार्वजनिक गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले पहिलो पञ्चवर्षिय आवधिक योजना सार्वजनिक गर्नुहुँदै नीति तथा कार्यक्रममा समेटिएको योजनाहरु यसैलाई टेकेर अगाडी बढाउने बताउनुभयो । आवधिक योजनाको आधारपत्रलाई टेकेर योजनाहरु ल्याउने पनि उहाँले बताउनुभयो । प्रदेश नीति आयोगका अध्यक्ष समेत रहनुभएका मुख्यमन्त्री राउतले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि आवधिक योजनाको आधारपत्रलाई टेकेर योजनाहरु समावेश गर्ने बताउनुभयो । बुधबार आयोजित पत्रकार सम्मेलनमा नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले आउँदो पाँच वर्षपछि प्रादेशिक आर्थिक वृद्धि दर ११ प्रतिशत पुर्याउने लक्ष्य लिएको बताउनुभयो । प्रदेश २ को आर्थिक वृद्धि दर ६.५३ बाट आउँदो पाँच वर्षमा ११ प्रतिशत पुग्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । २७.७ प्रतिशत रहेको गरिबी दर घटाएर २१ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । प्रदेशको कुल ग्राहस्थ उत्पादन ४ सय ८८ अर्वबाट ६ सय अर्व पुर्याउने लक्ष्य लिएको उपाध्यक्ष डा. झाल...

सप्तऋषि अस्पतालमा एक रातमै तीन शिशुको मृत्यु

लहान, २२ पुस । लहान नगरपालिका–१९ की २५ वर्षीया जानकी यादवलाई शुक्रबार साँझ सुत्केरी व्यथाले च्यापेपछि सप्तऋषि अस्पताल लगियो। दोस्रोपटक आमा बन्दै गरेकी उनलाई निजी अस्पतालमा भरपर्दो उपचार हुने आशाले त्यहाँ लगिएको थियो। भर्ना भएको झन्डै पाँच घन्टापछि चिकित्सकले शल्यक्रिया गर्नुपर्ने जानकारी परिवारलाई गराए। ‘शल्यक्रियाका लागि डाक्टरले सहमतिपत्रमा हस्ताक्षर गरी मन्जुरी जनाउन भनेपछि त्यसै ग-यौं,’ जानकीका पिता घुरन यादवले भने। शल्यक्रियापछि सकुशल छोरा जन्मियो। केही बेरपछि नर्सहरूले बच्चालाई आइसियुमा राख्नुपर्छ भने। ‘बच्चाको अवस्था ठीक छ, आत्तिनुपर्दैन, यो कागजमा छिटो हस्ताक्षर गर्नुस् भने। हामीले फेरि पनि हस्ताक्षर ग-यौं,’ घुरनले भने । केहीबेरमै तिनै नर्सहरूले भने, ‘बच्चा म-यो।’ त्यसपछि आफूहरूको होस उडेको घुरनले सुनाए। बच्चाको शव छिटो लान दबाब दिएपछि नजिकैको बलान खोलामा लगेर गाडिदिएको बताए। घुरनले शनिबार साँझ इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरदकुमार थापा क्षत्रीलाई फोन गरेर घटनाबारे जानकारी गराए। थापासहितको टोली अस्पतालमा पुगेपछि शुक्रबार राति थप दुई महिलाले शिशु गुमाएको घटना सार्वजनिक भय...