जनकपुरः प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रिय सभाको निर्वाचनमा मतदान गरेका छन् । प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा भई रहेको राष्ट्रिय सभाको निर्वाचनमा मुख्यमन्त्री राउतले मतदान गर्नु भएको हो । प्रदेश २ मा राष्ट्रिय सभाको चार सिटका लागि मतदान भई रहेको छ । जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक भवनमा निर्वाचन शुरु भएको हो। प्रदेश दुईको मुख्यमन्त्री लालबाबु राउतले सबैभन्दा पहिले मतदान गरेपछि मतदान प्रकृया शुरु भएको हो। प्रदेश दुईका प्रदेशसभा सदस्य र पालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुका लागि सोही भवनमा दुई वटा मतदान केन्द्र राखिएको छ। प्रदेश सभा सदस्य १ सय ७ जना र स्थानीय तहका नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष २ सय ७२ जना गरी कूल ३ सय ७९ जना मतदाताले मतदान गर्नेछन्। दुवै मतदान केन्द्रका लागि मतदान अधिकृत अतिरिक्त ८ जना कर्मचारी खटाइएको निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए। प्रदेश दुईमा राष्ट्रिय सभा सदस्यको चार पदका लागि हुन गइरहेको निर्वाचनमा आठ उम्मेद्वारहरु चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचनमा महिला समूह अन्तर्गत एक पदका लागि नेपा...
rojgar samachar 2020,Sarkari results 2020,gujarat government jobs,Admit card 2020,newspapers 2020,ojas jobs 2020,results 2020,gujarat job portal,Gujarat job news,indian job news,latest job news,governor jobs news,indian jobs alart,daily jobs updes,praivet jobs updes news,gujarat government job portal