Skip to main content

Posts

Showing posts with the label उपसभामुख तुम्बाहाङफे राजिनामा दिदैंः ज्येष्ठ सदस्य महन्थ ठाकुरले संसद

उपसभामुख तुम्बाहाङफे राजिनामा दिदैंः ज्येष्ठ सदस्य महन्थ ठाकुरले संसद सन्चालन गर्ने

काठमाडौं, माघ ६ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । पटक–पटक सूचना टास गरेर स्थगित हुँदै आएको संसद बैठक सोमबारका लागि बोलाइएको हो । संसदको पाँचौं अधिवेशन शुरु भएको एक महिनापछि प्रतिनिधिसभाको दोस्रो बैठक बस्न लागेको हो । संघीय संसद सचिवालयले आजदेखि नै सभामुख चयनको प्रक्रिया शुरु गर्नेछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै सभामुख चयनको प्रक्रिया शुरु हुने भएको हो । प्रतिनिधिसभामा सत्तारुढ नेकपाको स्पष्ट बहुमत भएकाले सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुने पक्कापक्की छ । यसअघि सत्तारुढ दल नेकपा भित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति हुन नसक्दा तीन पटक प्रतिनिधिसभा बैठक सूचना टासेर स्थगित भएको थियो । प्रतिनिधिसभाको चालू अधिवेशनको पहिलो बैठक उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सभामुखकै हैसियतमा सञ्चालन गर्नुभएको थियो । दोस्रो बैठक भने प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने तय भएको छ । बैठकको पहिलो कार्यसूचीमा सभामुख निर्वाचन हुनेछ । सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि सभा...