Skip to main content

Posts

Showing posts with the label नेपालमा भूकम्पको जोखिम कायमैः सचेत र गम्भीर हुनु अत्यन्त जरुरी

नेपालमा भूकम्पको जोखिम कायमैः सचेत र गम्भीर हुनु अत्यन्त जरुरी

काठमाडाैं, २ माघ । नेपालमा बेलाबेला ठूला भूकम्प जाने र ठूलो जनधनको क्षति भएका छन् । भूकम्पीय जोखिम न्यूनीकरण गर्न विभिन्न प्रयास भइरहे पनि नेपालको पूर्व, मध्य र पश्चिम क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले पूरै नेपाल भूकम्पीय जोखिममा छ । आधुनिक उपकरणमा अभिलेखीकरण भएको अहिलेसम्मकै ठूलो भूकम्प गएको ८६ वर्ष पूरा भएको छ । वि.सं. ११९० माघ २ गते नेपालमा ८.३ रेक्टर स्केलको महाभूकम्प गएको थियो । नब्बे सालको भूकम्प जाँदा नेपालमा भूकम्प मापन गर्ने उपकरण नै थिएन, बाहिरबाटै मापन गरिएको थियो । संसारमा कमै मात्रामा त्यस्ता उपकरण जडान भएका थिए । त्यस भूकम्पमा १५ हजार सात सय मानिसको ज्यान गएको थियो । त्यसमध्ये नेपालमा करिब आठ हजार मानिसको ज्यान गएको थियो । तीमध्ये झन्डै चार हजार मानिसको काठमाडौंँमा मृत्यु भएको थियो । त्यसपछि नेपालमा त्यत्रो ठूलो भूकम्प गएको छैन । भूकम्पबाट हुने जोखिमलाई अझ न्यूनीकरण गरी जनधनको क्षति रोक्न विगत २२ वर्ष अघिदेखि माघ २ गतेलाई ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस’ मनाउने गरिएको छ । ‘भूकम्पबाट सुरक्षित पूर्वाधारः दिगो सुख र समृद्धिको आधार’ नाराका साथ बिहीबार नेपालभर २२औं राष्ट...