काठमाडौं । हालै सरकारले पृथ्वीजयन्तीमा विदा नदिएको भन्दै सरकारको आलोचना भयो । यो बीचमा केही स्थानीय तहहरुले विदा दिएका थिए । अहिले संघीय संरचनामा केन्द्रले दिएको विदाबाहेक पनि स्थानीय सरकारले आवश्यक्ता अनुसार विदा दिने गरेका छन् । यस्तै, बागमती प्रदेश सरकारले सोनाम ल्होसारमा सार्वजाजिक बिदा दिने भएको छ । आगामी माघ १० गते पर्ने तामाङ समुदायको चाड ल्होसार पर्वका दिन बिदा दिने निर्णय गरेको जानकारी दिइएको छ । प्रदेशको नाम बागमति राखेपछि पहिलोपटक बसेको बैठकले अन्तर प्रदेश बासिन्दाको सामान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यबस्था गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्नेसहितका निर्णय गरेको छ । माघ १० गते सार्वजनिक विदाको घोषणा बागमती प्रदेश सरकारको निर्णय सँगै विभिन्न १३ जिल्लामा उक्त दिन सार्वजनिक विदा हुने भएको छ । बागमती प्रदेशमा पर्ने दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, काठमाडौँ भक्तपुर र ललितपुर गरी १३ जिल्लामा सार्वजनिक विदा हुने भएको हो । अन्य प्रदेशहरुका बारेमा अहिले कुनै जानकारी आएको छैन
rojgar samachar 2020,Sarkari results 2020,gujarat government jobs,Admit card 2020,newspapers 2020,ojas jobs 2020,results 2020,gujarat job portal,Gujarat job news,indian job news,latest job news,governor jobs news,indian jobs alart,daily jobs updes,praivet jobs updes news,gujarat government job portal