काठमाडौं । आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै होटेल संघ नेपाल (हान)ले चीनमा प्रवर्द्धनात्मक कार्यक्रम गर्ने भएको छ । चीनको छेन्दुमा नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय तथा चीनस्थित नेपाली दूतावासको सहकार्यमा १६-२० डिसेम्बरमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिने हानले उल्लेख गरेको छ । होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाको नेतृत्वमा ६० सदस्य प्रतिनिधिमण्डल १६ डिसेम्बरमा चीनको छेन्दु प्रस्थान गर्दैछ । चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमण पश्चात चिनियाँ पर्यटकको मुख्य रोजाइ नेपाल बन्दै गएको मौका छोपी उनीहरुलाई नेपाल भ्रमणमा आकर्षित गर्ने उद्देश्यले व्यवसायी चीन जान लागेका हुन् । चीनमा हुने प्रवर्द्धनात्मक कार्यक्रमले पर्यटक वृद्धिमा भूमिका खेल्ने हानको विश्वास छ । उक्त अवसरमा चीनका प्रतिष्ठित ट्राभल तथा टूर अपरेटरसँग नेपाली होटलहरुको बीटूबी मिटिङ तथा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिने भएको छ । सोही अवसरमा होटल संघ नेपालको अर्धवार्षिक साधारणसभा छेन्दुस्थित होटल जिनजियाङमा आयोजना गरिनेछ । प्रत्येक अर्धवार्षिक साधारणसभा मुलुकबाहिर गर्ने नीति अनुसार...
rojgar samachar 2020,Sarkari results 2020,gujarat government jobs,Admit card 2020,newspapers 2020,ojas jobs 2020,results 2020,gujarat job portal,Gujarat job news,indian job news,latest job news,governor jobs news,indian jobs alart,daily jobs updes,praivet jobs updes news,gujarat government job portal