Skip to main content

Posts

Showing posts with the label प्रदेश २ का राज्यमन्त्री मण्डलद्धारा उपेन्द्र यादवमाथि कटाक्ष

प्रदेश २ का राज्यमन्त्री मण्डलद्धारा उपेन्द्र यादवमाथि कटाक्षः संसोधन होइन, हजुरको एजेन्डा त पुनर्लेखन थियो माननीय ज्यू ?

जनकपुरः प्रदेश २ का उद्योग,पर्यटन,बन तथा वातावरण मंत्रालय राज्यमन्त्री सुरेश मण्डलले उपेन्द्र यादव प्रति कटाक्ष गर्दै सामाजिक सन्जालमा पोष्ट गरेका छन् । हिजो संघीय कानून मन्त्री उपेन्द्र यादवले मन्त्रीपरिषद्मा पेश गरको संविधान संशोधनको बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले कडारुपमा प्रस्तुत भएपछि आएको सामाचारहरु प्रति कटाक्ष गर्दै राज्य मन्त्री मण्डलले सामाजिक सन्जालमा पोष्ट गर्नु भएको हो । उनले सामाजिक सन्जालमा लेखेका छन् ‘‘संसोधन होइन, हजुरको एजेन्डा त पुनर्लेखन थियो माननीय ज्यू । सायद आफ्नो मुद्दा बिर्सेकोले होला, प्रमले ‘स्टोप इट’ भनेको हुनुपर्छ ।’