Skip to main content

Posts

Showing posts with the label चाबहिल क्षेत्र तनावग्रस्तः बसको ठक्करबाट विद्यार्थीको मृत्यु

चाबहिल क्षेत्र तनावग्रस्तः बसको ठक्करबाट विद्यार्थीको मृत्यु, बसमा आगजनी र तोडफोड

काठमाडौंः  काठमाडौंको चावलिह क्षेत्र तनावग्रस्त बनेको छ । पशुपति क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी सृष्टि पन्तलाई आज बिहान गाडीले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थीहरुले चावहिल क्षेत्रमा यातायात अवरुद्ध गरेका थिए । घाइते पन्तको अहिले उपचार भइरहेको छ । बा ७ ख ५९३० नम्बरको बसले पन्तलाई सुकेधारामा ठक्कर दिएको थियो । ठक्कर दिएर गाडी भागेपछि विद्यार्थीहरुले अन्य गाडीमा तोडफोड र आगजनी गरेका थिए । प्रहरीका अनुसार विद्यार्थीले एउटा गाडीमा आगजनी गरेका छन् भने अर्को गाडीमा तोडफोड । विद्यार्थीलाई ठक्कर दिने गाडी र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । पन्त बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी भएको प्रहरीले जानकारी दिएको छ । पशुपति क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई ठक्कर दिएपछि क्याम्पसका विद्यार्थीहरुले अर्को गाडीमा आगजनी गरेका थिए । अहिले आगो पूर्ण नियन्त्रणमा लिइएको छ भने व्यापक प्रहरी परिचालन गरिएको छ । विद्यार्थीहरुले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका थिए भने बा ३ ख ४४३३ नम्बरको बसका सिसा तोडफोड गरिदिएका छन् । अहिले पनि अवस्था भने तनावग्रस्त छ । प्रहरीले पशुपति क्याम्...