काठमाडौं । महानगरीय प्रहरी कार्यालय काठमाडौंलाई नेपालस्थित चिनियाँ राजदूतावासले २३ वटा मोटरसाइकल प्रदान गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई मंगलबार आयोजित कार्यक्रममा चिनियाँ राजदूतावासका फर्स्ट सेक्रेटरी वाङ जिओ लङले मोटरसाइकल हस्तान्तरण गरेका हुन् । सो अवसरमा वाङले महानगरीय प्रहरी कार्यालयस्थित परिचालन कक्ष र सिसिटिभी कक्षको अवलोकन भ्रमण समेत गरेका थिए । प्रहरी नायव महानिरीक्षक क्षेत्रीले प्राप्त मोटरसाइकलहरूको प्रयोगबाट प्रहरी परिचालनमा थप तीव्रता आउने विश्वास व्यक्त गर्दै उक्त सहयोगका लागी चिनियाँ राजदुतावासलाई धन्यवाद व्यक्त गरे । दूतावासले प्रदान गरेको मोटरसाइकल ५६ लाख ३२ हजार ७०० रुपैयाँको रहेको जनाकारी दिइएको छ । मोटरसाइकललाई आवश्यकता अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका प्रहरी कार्यालयहरूलाई वितरण गरिने समेत उनले जानकारी दिए ।
rojgar samachar 2020,Sarkari results 2020,gujarat government jobs,Admit card 2020,newspapers 2020,ojas jobs 2020,results 2020,gujarat job portal,Gujarat job news,indian job news,latest job news,governor jobs news,indian jobs alart,daily jobs updes,praivet jobs updes news,gujarat government job portal