Skip to main content

Posts

Showing posts with the label राष्ट्रिय सभा निर्वाचन: सात प्रेदशको गणितिय हिसाव

राष्ट्रिय सभा निर्वाचन: सात प्रेदशको गणितिय हिसाव, कुन प्रदेशमा कति मत ?

काठमाडौं, २१ पुस  ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको राष्ट्रिय सभा सदस्य संख्या घट्ने भएको छ। प्रदेश २ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजपासँग गठबन्धन गरेपछि कांग्रेसका सात सदस्य घट्ने भएका हुन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ९ जना, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एकजनाको फागुन २० मा दुई वर्षे कार्यकाल पूरा हुँदैछ। महिला सात, दलित दुई, अल्पसंख्यक दुई र अन्य समूहबाट सात जना राष्ट्रिय सभाका लागि छानिँदैछन्। मतभारका आधारमा कहाँ, को निर्वाचित हुँदैछन् प्रदेश १ प्रदेश १ मा कांग्रेस सांसद सरिता प्रसाईको कार्यकाल सकिँदैछ। सत्तारुढ नेकपाका दुई सांसदको प्रदेश १ बाट कार्यावधि सकिन लागेको छ। हरिचरण शिवाकोटी र खेमराज नेपालीका स्थानमा नेकपाले नयाँ अनुहारलाई स्थान दिने भएको छ।कांग्रेसले दलितबाट निरबहादुर विश्वकर्मा, महिलामा मिना पुलामी मगर र अन्यबाट राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाएको छ। सत्तारुढ दलबाट महिलामा इन्दु गौतम, दलितमा गोपी अछामी र अन्यमा देवेन्द्र दाहालले प्रतिस्पर्धा गर्दैछन्। समाजवादी पार्टीले पनि प्रदेश १ मा उम्मेदवारी दिएको ...