Skip to main content

Posts

Showing posts with the label एनआईसी एसिया बैंकले श्रमशोषण गरेको आरोप

एनआईसी एसिया बैंकले श्रमशोषण गरेको आरोप, बैंक भन्छ- सबै निराधार

चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो तीन महिनामा नाफामा उल्लेख्य सुधार गर्दै एनआईसी एसिया बैंक वाणिज्य बैंकहरुमा बढी नाफा कमाउनेको सूचीमा तीन नम्बरमा आइपुगेको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र निजी क्षेत्रको नबिल बैंकभन्दा अरु सबै बैंक अधिकांश आर्थिक सूचकमा एनआईसी एसियाभन्दा पछाडि छन् । एनआईसी एसिया बैंक २०७६ मंसिर गते साउथ एसियन फेडेरेसन अफ अकाउन्टेन्टस् (साफा)ले प्रदान गर्ने वित्तीय प्रतिवेदन अवार्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स डिस्क्लोजर्स– सर्टिफिकेट अफ मेरिटबाट पनि सम्मानित भएको छ । सन् २०१८ का लागि नेपाल चार्टड एकाउन्टेन्ट्स (आइक्यान) ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड पनि यही बैंकले हात पारेको छ । बैंकका तीन हजारभन्दा बढी कर्मचारीले करिब करिब १९ लाख ग्राहकलाई सेवा दिइरहेका छन् । नाफा आर्जनमा द्रुत प्रगति गरेको यो संंस्थाले साढे तीन सय अन्य संस्थासँग सहकार्य गरेको छ । शाखा विस्तारलाई तीव्रता दिएको यो बैंकका शाखा हालै जनता बैंकलाई आफूमा गाभेको ग्लोबल आईएमईको भन्दा बढी छ । ग्लोबल आईएमईका शाखा ३ सय हाराहारी छन् भने एनआईसी एसियाका ३१० शाखा ...